जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको स्थापना वि.सं. २०५२ साल माघ २० गते भएको हो | प्रारम्भमा यो आयुर्वेद स्वास्थ्य केन्द्र नेपाल सरकार,स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, आयुर्वेद विभाग मातहत रहने गरि व्यास नगरपालिका वडा नं. ३ मा संचालन भयो |संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भई सात प्रदेशको विभाजन पश्चात गण्डकी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय,स्वास्थ्य निर्देशनालय अन्तर्गत संचालन भयो | हाल गण्डकी प्रदेशमा स्वास्थ्य मन्त्रालयको स्थापना भएपछि यो कार्यालय स्वास्थ्य मन्त्रालय, प्रादेशिक स्वास्थ्य निर्देशनालय अन्तर्गत प्रदेश आयुर्वेद चिकित्सालयको नाममा संचालित छ | विगतमा यस कार्यालयले जामुने भञ्ज्याङ आयुर्वेद औषधालय, शिशाघाट आयुर्वेद औषधालय, केशवटार आयुर्वेद औषधालय, भिरकोट आयुर्वेद औषधालय, बन्दीपुर आयुर्वेद औषधालय, टुहुरेपसल आयुर्वेद औषधालय, भानु आयुर्वेद औषधालय, रिस्ती आयुर्वेद औषधालय, रुपाकोट आयुर्वेद औषधालय, खैरेनीटार आयुर्वेद औषधालय र भिमाद आयुर्वेद औषधालय गरी हाल विभिन्न स्थानीय तहमा रहेका ११ आयुर्वेद औषधालयहरुको समेत आर्थिक र प्रशासनिक जिम्मेवारी वहन गर्दै आएको थियो |संघीयताको स्थापनापछि आयुर्वेद औषधालयहरु स्थानीय सरकार अन्तर्गत रही संचालन भईरहेका छन् |प्रदेश आयुर्वेद चिकित्सालयले आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागको कार्यक्रम अन्तर्गत जिल्लाको ४ स्थानमा नागरिक आरोग्य केन्द्र स्थापना गरेको छ । देवघाट गाउपालिका वडा नं. ५, आबुँखैरेनी गाउपालिका वडा नं. १, बन्दीपुर गाउपालिका वडा नं. ४ र घिरिङ गाउपालिका वडा नं. ५ मा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरि आयुर्वेद तथा बैकल्पिक चिकित्सा सेवा सुचारु गरिएको छ ।
आयुर्वेदको मूल २ उदेश्यहरु:
१. स्वस्थ व्यक्तिको स्वास्थ्य रक्षा गर्ने |
२. रोगी व्यक्तिको रोगको उपचार गर्ने |
आयुर्वेदको यी दुई मूल उदेश्यहरुलाई आत्मसात गर्दै प्रदेश आयुर्वेद चिकित्सालयले आयुर्वेद तथा वैकल्पिक चिकित्सा मार्फत तनहुँ जिल्लामा प्रवर्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक सेवाका साथै योग र स्वस्थ जीवनशैलीका लागि स्वास्थ्य सेवाहरु प्रदान गर्दै आईरहेको छ |