न्यूनतम सेवा मापदण्ड अन्तर्गत चौथो स्व:मूल्याङ्कन कार्यक्रम सम्पन्न
तनहुँ, दमौली। प्रदेश आयुर्वेद चिकित्सालय तनहुँले न्यूनतम सेवा मापदण्ड (Minimum Service Standards-MSS) अन्तर्गत आफ्नो चौथो मूल्याङ्कन सम्पन्न गर्दै मूल्याङ्कनबाट देखिएका समस्या, चुनौती तथा सुधारका क्षेत्रबारे समीक्षा, अभिलेखीकरण र प्रस्तुतिकरण कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमको अध्यक्षता प्रदेश आयुर्वेद चिकित्सालय तनहुँका प्रमुख डा. बुद्धि प्रसाद पौडेलले गर्नुभएको थियो। कार्यक्रममा प्रदेश अस्पताल दमौलीका मेडिकल सुपरिन्टेन्डेन्ट डा. परिवर्तन बराल तथा जनस्वास्थ्य कार्यालय तनहुँका प्रमुख जनस्वास्थ्य प्रशासक अमर दवाडीको विशेष उपस्थिति रहेको थियो।
मूल्याङ्कनको नतिजा तथा सुधारका सुझावहरू प्रदेश आयुर्वेद चिकित्सालय मनाङका प्रमुख डा. उत्सब पौडेल र प्रदेश आयुर्वेद चिकित्सालय म्याग्दीका प्रमुख डा. कमलराज अधिकारीले प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा प्रदेश आयुर्वेद चिकित्सालय मनाङका प्रमुख डा. उत्सब पौडेलले एमएसएस मूल्याङ्कनको प्रस्तुतिकरण गर्नुभएको थियो। प्रदेश आयुर्वेद चिकित्सालय म्याग्दीका प्रमुख डा. कमलराज अधिकारीले मूल्याङ्कनमा देखिएका समस्या, चुनौती तथा सुधारका उपायबारे सहजीकरण गर्नुभएको थियो।

प्रस्तुतिकरणका क्रममा MSS मूल्याङ्कनमा देखिएका सबल पक्षलाई अझ प्रभावकारी बनाउने तथा कमजोरी रहेका सूचकहरूमा आवश्यक सुधार गरी सेवाको गुणस्तर अभिवृद्धि गर्ने विषयमा सहभागीहरूबीच विस्तृत छलफल भएको थियो। साथै संस्थागत व्यवस्थापन, अभिलेखीकरण, सुशासन तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन आवश्यक सुझावहरू समेत प्रस्तुत गरिएको थियो।
कार्यक्रममा चिकित्सालयका चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले MSS का सूचकहरूमा सुधार गर्दै सेवाग्राहीलाई गुणस्तरीय, प्रभावकारी र उत्तरदायी स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरियो ।


Download: न्यूनतम सेवा मापदण्ड अन्तर्गत चौथो स्व:मूल्याङ्कन कार्यक्रम सम्पन्न
92
