• साईटम्याप
  • लो ब्यान्डविड्थ
  • स्क्रीन रीडर
  • 065-563483, 9856063483
  •   Dark
  • अ‌‌+ अ‌ अ‌-
  •   English

गण्डकी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

प्रदेश आयुर्वेद चिकित्सालय

दमौली, तनहुँ

  • हाम्रो बारेमा
    परिचय दरवन्दी तेरिज केन्द्रका उद्देश्य कर्मचारीहरु नागरिक आरोग्य सेवा केन्द्रहरुको विवरण नागरिक आरोग्य सेवा केन्द्रका कर्मचारी विवरण आयुर्वेद औषधालयहरु आयुर्वेद औषधालयहरुको कर्मचारी विवरण व्यवस्थापन समितिका पदाधिकारीहरु पूर्व-कार्यालय-प्रमुखहरु
  • प्रकाशन
    कार्यक्रमहरु सेवा प्रवाह सम्बन्धि तथ्यांकहरु कार्यक्रम प्रकाशन राष्ट्रिय-योग-अभ्यासक्रम योग तथा जीवनशैली व्यवस्थापन
  • सूचना तथा समाचार
    वार्षिक प्रतिवेदन फारम ढाँचाहरू
  • नागरिक वडापत्र
  • मौजूदा कानून
    नेपालको संविधान बोलपत्र ऐन नियम / नियमावली नीति निर्देशिका / कार्यविधि मापदण्ड
  • कार्यक्रमहरु
    संघ-सशर्त-अनुदान प्रदेश-समानीकरण प्रदेश विशेष अनुदान प्रदेश स्रोत
  • मिडिया
    फोटोहरु भिडियोहरु
  • सूचनाको हक
  • ड्यासवोर्ड
  • सम्पर्क
  1. गृहपृष्ठ
  2. सूचना तथा समाचार
  3. आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य सेवामार्फत नागरिकलाई गुणस्तरीय, सर्वसुलभ र प्रभावकारी स्वास्थ्य सेवा प्रदान

आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य सेवामार्फत नागरिकलाई गुणस्तरीय, सर्वसुलभ र प्रभावकारी स्वास्थ्य सेवा प्रदान



दमौली, तनहुँ
गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेको प्रदेश आयुर्वेद चिकित्सालय, दमौली, तनहुँ ले आर्थिक वर्ष २०८२/०८३ मा आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य सेवामार्फत नागरिकलाई गुणस्तरीय, सर्वसुलभ र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्दै उल्लेखनीय उपलब्धि हासिल गरेको छ।
चिकित्सालयको वार्षिक सेवा प्रवाह विवरण अनुसार आर्थिक वर्ष २०८२/०८३ मा कुल ३४ हजार २९४ जना सेवाग्राहीले विभिन्न आयुर्वेद तथा स्वास्थ्य सेवा प्राप्त गरेका छन्। यसले आयुर्वेद उपचार, रोग प्रतिरोध, स्वास्थ्य प्रवर्द्धन तथा जीवनशैली व्यवस्थापनप्रति नागरिकको विश्वास र आकर्षण निरन्तर बढिरहेको पुष्टि गरेको छ।
वार्षिक विवरण अनुसार बहिरङ्ग (ओपीडी) सेवाबाट १२ हजार १५ जना सेवाग्राही लाभान्वित भएका छन्। ज्येष्ठ नागरिक सेवामार्फत २ हजार ८७४ जनालाई विशेष आयुर्वेद स्वास्थ्य सेवा उपलब्ध गराइएको छ भने योग सेवाबाट ५ हजार ९४१ जना लाभान्वित हुनु भएको छ।
यसैगरी, पूर्वकर्म तथा पञ्चकर्म सेवाबाट १० हजार १७५ जनाले सेवा लिएका छन्। फिजियोथेरापी सेवाबाट २ हजार ४६० जना, प्रयोगशाला सेवाबाट ५९४ जना, शिरोधारा सेवाबाट ११५ जना, स्तनपायी आमा तथा शिशु सेवाबाट १०० जना तथा क्षारसूत्र सेवाबाट २० जना सेवाग्राही लाभान्वित हुनु भएको छ। 
महिनागत सेवा प्रवाह हेर्दा वर्षभरि नै सेवाग्राहीको उपस्थिति उत्साहजनक रहेको देखिन्छ। साउन महिनामा सबैभन्दा बढी २ हजार ६५३ जनाले सेवा लिएका छन् भने अन्य महिनामा पनि नियमित रूपमा उल्लेखनीय सङ्ख्यामा सेवाग्राहीले चिकित्सालयबाट सेवा प्राप्त गर्नु भएको छ ।
प्रदेश आयुर्वेद चिकित्सालयले उपचारात्मक सेवासँगै नागरिक आरोग्य कार्यक्रम, योग तथा प्राणायाम अभ्यास, स्वस्थ जीवनशैली प्रवर्द्धन, रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि, विशेषज्ञ स्वास्थ्य शिविर तथा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। आयुर्वेद स्वास्थ्य प्रणालीलाई नागरिकको दैनिक जीवनसँग जोड्ने उद्देश्यले चिकित्सालयले निरन्तर प्रभावकारी सेवा विस्तार गरिरहेको छ।
चिकित्सालयले आगामी दिनमा पनि आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य सेवाको पहुँच थप विस्तार गर्दै आधुनिक व्यवस्थापन र गुणस्तरीय सेवा प्रवाह मार्फत नागरिकलाई प्रभावकारी, विश्वसनीय तथा सेवामैत्री स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दछॏ ।


Share Tweet Share
47
महत्वपूर्ण लिंकहरु

  • प्रदेश तर्फ
  • संघ तर्फ
  • अन्य
  •   मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   स्वास्थ्य मन्त्रालय,गण्डकी प्रदेश,पोखरा
  •   भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय
  •   आर्थिक मामिला मन्त्रालय, गण्डकी प्रदेश, पोखरा, नेपाल
  •   गण्डकी प्रदेश नीति तथा याेजना आयाेग
  •   उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग
  •   स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय
  •   जिल्ला प्रशासन कार्यालय, तनहुँ
  •   प्रदेश जनस्वास्थ्य कार्यालय, दमौली, तनहुँ
  •   प्रदेश अस्पताल, दमौली, तनहूँ
कार्यालय भएकाे स्थान

सम्पर्क ठेगाना

गण्डकी प्रदेश सरकार

प्रदेश आयुर्वेद चिकित्सालय
दमौली, तनहुँ

065-563483, 9856063483

dahctanahun@gmail.com

https://dahctanahun.gandaki.gov.np

Developed By:Virtual Technology Pvt. Ltd.
© Province Ayurveda Hospital 2026