स्वर्णविन्दु प्राशन कार्यक्रम सम्पन्न
दमौली, तनहुँ । प्रदेश आयुर्वेद चिकित्सालय, दमौली, तनहुँमा २०८३ साल श्रावण २७ गते बुधबारका दिन स्वर्णविन्दु प्राशन कार्यक्रम सम्पन्न भएको छ । नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको उक्त कार्यक्रममा १ बर्ष देखि ५ बर्ष सम्मका बालबालिकालाई स्वर्णविन्दु प्राशन गराइएको हो।
कार्यक्रममा कुल ७२८ जना बालबालिका लाभान्वित भएका छन्। लाभान्वितमध्ये ३८८ जना बालक र ३४० जना बालिका रहेका छन्।
.jpeg)

.jpeg)
उमेर समूहका आधारमा १ देखि २ वर्ष उमेर समूहका ३२१ जना बालबालिका सहभागी भएका थिए, जसमा १६८ जना बालक र १५३ जना बालिका रहेका छन्। त्यसैगरी २ देखि ५ वर्ष उमेर समूहका ४०७ जना बालबालिका सहभागी भएका थिए, जसमा २२० जना बालक र १८७ जना बालिका रहेका छन्।
आयुर्वेदमा बालबालिकालाई नियमित स्वर्णप्राशन गराउनाले बालबालिकाको स्मरण शक्ति र एकाग्रता बढाउँछ, शारीरिक बल र पाचन शतितिलाई सबल बनाउँछ, रोग प्रतिरक्षा प्रणालीलाई मजबुत बनाई संक्रमणबाट जोगाउँछ, बच्चाको दीर्घकालिन स्वास्थ्यमा लाभ पुग्याउँछ ।कार्यक्रममार्फत बालबालिकाको स्वास्थ्यप्रति अभिभावक तथा समुदायमा जनचेतना अभिवृद्धि गर्नुका साथै आयुर्वेदिक स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्य रहेको छ।
कार्यक्रममा बालबालिकासहित अभिभावकहरूको उत्साहजनक सहभागिता रहेको थियो। आगामी दिनमा पनि बाल स्वास्थ्य प्रवर्द्धन तथा आयुर्वेदिक स्वास्थ्य सेवा सम्बन्धी कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै लैजाने प्रतिवद्धता व्यक्त गर्दछौ ।
Download: स्वर्णविन्दु प्राशन कार्यक्रम सम्पन्न
37
