• साईटम्याप
  • लो ब्यान्डविड्थ
  • स्क्रीन रीडर
  • 065-563483, 9856063483
  •   Dark
  • अ‌‌+ अ‌ अ‌-
  •   English

गण्डकी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

प्रदेश आयुर्वेद चिकित्सालय

दमौली, तनहुँ

  • हाम्रो बारेमा
    परिचय दरवन्दी तेरिज केन्द्रका उद्देश्य कर्मचारीहरु नागरिक आरोग्य सेवा केन्द्रहरुको विवरण नागरिक आरोग्य सेवा केन्द्रका कर्मचारी विवरण आयुर्वेद औषधालयहरु आयुर्वेद औषधालयहरुको कर्मचारी विवरण व्यवस्थापन समितिका पदाधिकारीहरु पूर्व-कार्यालय-प्रमुखहरु
  • प्रकाशन
    कार्यक्रमहरु सेवा प्रवाह सम्बन्धि तथ्यांकहरु कार्यक्रम प्रकाशन राष्ट्रिय-योग-अभ्यासक्रम योग तथा जीवनशैली व्यवस्थापन
  • सूचना तथा समाचार
    वार्षिक प्रतिवेदन फारम ढाँचाहरू
  • नागरिक वडापत्र
  • मौजूदा कानून
    नेपालको संविधान बोलपत्र ऐन नियम / नियमावली नीति निर्देशिका / कार्यविधि मापदण्ड
  • कार्यक्रमहरु
    संघ-सशर्त-अनुदान प्रदेश-समानीकरण प्रदेश विशेष अनुदान प्रदेश स्रोत
  • मिडिया
    फोटोहरु भिडियोहरु
  • सूचनाको हक
  • ड्यासवोर्ड
  • सम्पर्क
  1. गृहपृष्ठ
  2. सूचना तथा समाचार
  3. आर्थिक वर्ष २०८२/८३ मा २,७७८ बालबालिकालाई स्वर्णबिन्दु प्राशन सेवा

आर्थिक वर्ष २०८२/८३ मा २,७७८ बालबालिकालाई स्वर्णबिन्दु प्राशन सेवा



दमौली, तनहुँ - प्रदेश आयुर्वेद चिकित्सालय, तनहुँले आर्थिक वर्ष २०८२/८३ मा कुल २,७७८ जना बालबालिकालाई स्वर्णबिन्दु प्राशन सेवा प्रदान गरेको जनाएको छ। बालबालिकाको शारीरिक तथा मानसिक विकासलाई सहयोग पुर्‍याउने उद्देश्यले चिकित्सालयले नेपाल सरकारको नियमित आयुर्वेद स्वास्थ्य सेवा कार्यक्रम अन्तर्गत यो सेवा सञ्चालन गर्दै आएको छ।
चिकित्सालयका अनुसार स्वर्णबिन्दु प्राशन सुवर्ण भस्म, मह, घिउ तथा विभिन्न आयुर्वेदिक जडीबुटीको मिश्रणबाट तयार पारिन्छ। आयुर्वेदीय परम्परा अनुसार यो सेवा विशेषगरी पुष्य नक्षत्रका दिन १ बर्ष देखि ५ वर्षमुनिका बालबालिकालाई प्रदान गरिन्छ।
चिकित्सालयका आयुर्वेद चिकित्सक डा. नारायण श्रेष्ठका अनुसार आयुर्वेद शास्त्रमा नियमित स्वर्णबिन्दु प्राशनले बालबालिकाको रोगप्रतिरोधात्मक क्षमता, स्मरणशक्ति तथा पाचनशक्तिलाई सहयोग पुग्ने विश्वास गरिएको छ।
चिकित्सालयका अनुसार पछिल्ला वर्षहरूमा आयुर्वेदिक स्वास्थ्य सेवाप्रति सर्वसाधारणको आकर्षण र विश्वास बढ्दै जाँदा स्वर्णबिन्दु प्राशन सेवा लिने बालबालिकाको संख्यामा पनि वृद्धि भएको छ। आगामी दिनमा समेत यस सेवालाई थप व्यवस्थित र प्रभावकारी रूपमा निरन्तर सञ्चालन गर्ने चिकित्सालयको योजना रहेको जनाएको छ।

Download: आर्थिक वर्ष २०८२/८३ मा २,७७८ बालबालिकालाई स्वर्णबिन्दु प्राशन सेवा


Share Tweet Share
51
महत्वपूर्ण लिंकहरु

  • प्रदेश तर्फ
  • संघ तर्फ
  • अन्य
  •   मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   स्वास्थ्य मन्त्रालय,गण्डकी प्रदेश,पोखरा
  •   भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय
  •   आर्थिक मामिला मन्त्रालय, गण्डकी प्रदेश, पोखरा, नेपाल
  •   गण्डकी प्रदेश नीति तथा याेजना आयाेग
  •   उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग
  •   स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय
  •   जिल्ला प्रशासन कार्यालय, तनहुँ
  •   प्रदेश जनस्वास्थ्य कार्यालय, दमौली, तनहुँ
  •   प्रदेश अस्पताल, दमौली, तनहूँ
कार्यालय भएकाे स्थान

सम्पर्क ठेगाना

गण्डकी प्रदेश सरकार

प्रदेश आयुर्वेद चिकित्सालय
दमौली, तनहुँ

065-563483, 9856063483

dahctanahun@gmail.com

https://dahctanahun.gandaki.gov.np

Developed By:Virtual Technology Pvt. Ltd.
© Province Ayurveda Hospital 2026