• साईटम्याप
  • लो ब्यान्डविड्थ
  • स्क्रीन रीडर
  • 065-563483, 9856063483
  •   Dark
  • अ‌‌+ अ‌ अ‌-
  •   English

गण्डकी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

प्रदेश आयुर्वेद चिकित्सालय

दमौली, तनहुँ

  • हाम्रो बारेमा
    परिचय दरवन्दी तेरिज केन्द्रका उद्देश्य कर्मचारीहरु नागरिक आरोग्य सेवा केन्द्रहरुको विवरण नागरिक आरोग्य सेवा केन्द्रका कर्मचारी विवरण आयुर्वेद औषधालयहरु आयुर्वेद औषधालयहरुको कर्मचारी विवरण व्यवस्थापन समितिका पदाधिकारीहरु पूर्व-कार्यालय-प्रमुखहरु
  • प्रकाशन
    कार्यक्रमहरु सेवा प्रवाह सम्बन्धि तथ्यांकहरु कार्यक्रम प्रकाशन राष्ट्रिय-योग-अभ्यासक्रम योग तथा जीवनशैली व्यवस्थापन
  • सूचना तथा समाचार
    वार्षिक प्रतिवेदन फारम ढाँचाहरू
  • नागरिक वडापत्र
  • मौजूदा कानून
    नेपालको संविधान बोलपत्र ऐन नियम / नियमावली नीति निर्देशिका / कार्यविधि मापदण्ड
  • कार्यक्रमहरु
    संघ-सशर्त-अनुदान प्रदेश-समानीकरण प्रदेश विशेष अनुदान प्रदेश स्रोत
  • मिडिया
    फोटोहरु भिडियोहरु
  • सूचनाको हक
  • ड्यासवोर्ड
  • सम्पर्क
  1. गृहपृष्ठ
  2. सूचना तथा समाचार
  3. प्रकृति अनुकूल आहार, औषध र विहारको सन्देशसहित तनहुँमा २७औँ राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरि जयन्ती सम्पन्न

प्रकृति अनुकूल आहार, औषध र विहारको सन्देशसहित तनहुँमा २७औँ राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरि जयन्ती सम्पन्न



‘प्रकृति अनुकूल आहार, औषध र विहार: रोगमुक्त समाजको आधार’ भन्ने मूल नाराका साथ २७औँ राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरि जयन्ती प्रदेश आयुर्वेद चिकित्सालय, तनहुँमा विशेष कार्यक्रमका साथ भव्यतापूर्वक सम्पन्न भएको छ।

आयुर्वेद चिकित्साशास्त्रका प्रवर्तक तथा स्वास्थ्य र आरोग्यका देवताका रूपमा पूजित भगवान् धन्वन्तरिको विशेष पूजाअर्चना गरी उक्त दिवस मनाइएको हो।

कार्यक्रमको अवसरमा चिकित्सालय परिसरमा स्थापित भगवान् धन्वन्तरिको मूर्तिमा विधिपूर्वक पूजा-अर्चना गरिएको थियो। विभिन्न रङ्गीबिरङ्गी फूलमालाले सजाइएको मूर्तिमा दीप प्रज्वलनसहित गरिएको विशेष पूजाले चिकित्सालय परिसरलाई भक्तिमय एवं आध्यात्मिक वातावरणमा परिणत गरेको थियो।

प्रदेश आयुर्वेद चिकित्सालय, तनहुँका कार्यालय प्रमुख डा. बुद्धिप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रसाद वितरणसमेत गरिएको थियो। कार्यक्रममा चिकित्सालयका पूर्व कार्यालय प्रमुखहरूको विशेष उपस्थिति रहेको थियो भने चिकित्सालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

यस वर्षको राष्ट्रिय आरोग्य दिवसको नाराले मानव स्वास्थ्य संरक्षणका लागि प्रकृतिअनुकूल खानपान, औषधिको विवेकपूर्ण प्रयोग तथा स्वस्थ जीवनशैलीको महत्वलाई विशेष रूपमा उजागर गरेको छ। आयुर्वेदले स्वस्थ व्यक्तिको स्वास्थ्य रक्षा र रोगीको रोग प्रशमनलाई आफ्नो प्रमुख उद्देश्य मानेकाले आहार, औषध र विहारलाई सन्तुलित बनाउनु आरोग्य जीवनको महत्वपूर्ण आधार हो।

राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरि जयन्तीले आयुर्वेदको मौलिक ज्ञान, परम्परागत चिकित्सा पद्धति, योग, प्राकृतिक उपचार र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्दै जनस्वास्थ्य सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

दिवसले आयुर्वेदको संरक्षण, संवर्द्धन र वैज्ञानिक विकाससँगै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा थप प्रेरणा प्रदान गरोस् भन्ने अपेक्षासहित कार्यक्रम सम्पन्न भएको छ।

 

Download: प्रकृति अनुकूल आहार, औषध र विहारको सन्देशसहित तनहुँमा २७औँ राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरि जयन्ती सम्पन्न


Share Tweet Share
80
महत्वपूर्ण लिंकहरु

  • प्रदेश तर्फ
  • संघ तर्फ
  • अन्य
  •   मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   स्वास्थ्य मन्त्रालय,गण्डकी प्रदेश,पोखरा
  •   भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय
  •   आर्थिक मामिला मन्त्रालय, गण्डकी प्रदेश, पोखरा, नेपाल
  •   गण्डकी प्रदेश नीति तथा याेजना आयाेग
  •   उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग
  •   स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय
  •   जिल्ला प्रशासन कार्यालय, तनहुँ
  •   प्रदेश जनस्वास्थ्य कार्यालय, दमौली, तनहुँ
  •   प्रदेश अस्पताल, दमौली, तनहूँ
कार्यालय भएकाे स्थान

सम्पर्क ठेगाना

गण्डकी प्रदेश सरकार

प्रदेश आयुर्वेद चिकित्सालय
दमौली, तनहुँ

065-563483, 9856063483

dahctanahun@gmail.com

https://dahctanahun.gandaki.gov.np

Developed By:Virtual Technology Pvt. Ltd.
© Province Ayurveda Hospital 2026