• साईटम्याप
  • लो ब्यान्डविड्थ
  • स्क्रीन रीडर
  • 065-563483
  •   Dark
  • अ‌‌+ अ‌ अ‌-
  •   English

गण्डकी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

प्रदेश आयुर्वेद चिकित्सालय

दमौली, तनहुँ

  • हाम्रो बारेमा
    परिचय दरवन्दी तेरिज केन्द्रका उद्देश्य कर्मचारीहरु नागरिक आरोग्य सेवा केन्द्रहरुको विवरण नागरिक आरोग्य सेवा केन्द्रका कर्मचारी विवरण आयुर्वेद औषधालयहरु आयुर्वेद औषधालयहरुको कर्मचारी विवरण व्यवस्थापन समितिका पदाधिकारीहरु पूर्व-कार्यालय-प्रमुखहरु
  • बार्षिक कायर्क्रम सञ्चालन मापदण्ड
    कार्यक्रमहरु प्रदेश-समानीकरण संघ-सशर्त-अनुदान चालु आ.व. २०८०/०८१ मा स्वीकृत बार्षिक विकास कार्यक्रमहरुको सञ्चालन कार्ययोजना (संघ ) चालु आ.व. २०८०/०८१ मा स्वीकृत बार्षिक विकास कार्यक्रमहरुको सञ्चालन कार्ययोजना (प्रदेश )
  • सूचना तथा समाचार
    वार्षिक प्रतिवेदन फारम ढाँचाहरू
  • नागरिक वडापत्र
  • मौजूदा कानून
    नेपालको संविधान बोलपत्र ऐन नियम / नियमावली नीति निर्देशिका / कार्यविधि मापदण्ड
  • प्रकाशन
    सेवा प्रवाह सम्बन्धि तथ्यांकहरु कार्यक्रम प्रकाशन राष्ट्रिय-योग-अभ्यासक्रम योग तथा जीवनशैली व्यवस्थापन
  • मिडिया
    फोटोहरु भिडियोहरु
  • सूचनाको हक
  • सम्पर्क
  1. गृहपृष्ठ
  2. सूचना तथा समाचार
  3. धन्वन्तरि जयन्ती तथा राष्ट्रिय आरोग्य दिवसको अवसरमा स्वास्थ्य परिक्षण कार्यक्रम

धन्वन्तरि जयन्ती तथा राष्ट्रिय आरोग्य दिवसको अवसरमा स्वास्थ्य परिक्षण कार्यक्रम



धन्वन्तरि जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस २०८१ को उपलक्ष्यमा आज जिल्ला आयुर्वेद स्वास्थ केन्द्र तनहुँको आयोजना एवं नेपाल आयुर्वेद औसधि व्यवसायी संघ जिल्ला शाखा तनहुँको सह- आयोजनामा ब्यास नपा वडा नं १, चारकुनेमा रहेको जलेश्वर जेष्ठ नागरिक दिवा आश्रमका जेष्ठ नागरिकहरुको निशुल्क स्वास्थ परिक्षण तथा औषधि बितरण गर्ने कार्यक्रम उक्त आश्रमका अध्यक्ष गणेश जि.सि.को अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथी ब्यास १, का वडा अध्यक्ष रमेश चन्द्र हडखलेले विभिन्न उपचार पद्धती मध्ये आयुर्वेदिक उपचार पद्धती निकै राम्रो रहेको बताए । विशेषगरि जेष्ठ नागरिकहरुले आयुर्वेदिक औषधीको सेवन गर्नुपर्नेमा वडा अध्यक्ष रमेश चन्द्र हडखलेको जोड थियो । साथै उक्त अवसरमा जिल्ला आयुर्वेद स्वास्थ केन्द्रका प्रमुख डा. नारायण श्रेष्ठले धन्वन्तरि जयन्ती र राष्ट्रिय आरोग्य दिवसको बारेमा ब्याख्या गर्नुभएको थियो भने आयुर्वेद चिकित्सक डा. किरण चन्द्र पौडेलले जेष्ठ नागरिकहरुको स्वस्थ परिक्षण गर्नुभएको थियो।उक्त कार्यक्रमको सहजीकरण वरिष्ठ कबिराज निरीक्षक शम्भु चापागाईंले गर्नुभएको थियो। उक्त कार्यक्रममा औषधी व्यवसायीको तर्फबाट सचिव माधव गिरी र कोषाध्यक्ष किसोर पन्तका साथै स्वास्थ केन्द्रका वैद्य निरीक्षकद्वय सोमकान्त पौडेल र भोजहरि रानाभाटको पनि सहभागिता रहेको थियो। जेष्ठ नागरिकहरुलाई अश्वगन्धा चुर्ण,आमलकी चुर्ण,अमृता चिया,शिलाजित क्याप्सुल र महानारायण तेल नि:शुल्क वितरण गरिएको थियो। उक्त औषधिहरु जेष्ठ नागरिकको लागि रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्न सहयोग पुग्ने रहेका छन् ।

आज नै कार्यालयमा विहान भगवान धन्वन्तरिको प्रतिमा पूजा अर्चना समेत गरिएको थियो ।

Download: धन्वन्तरि जयन्ती तथा राष्ट्रिय आरोग्य दिवसको अवसरमा स्वास्थ्य परिक्षण कार्यक्रम


Share Tweet Share
16
महत्वपूर्ण लिंकहरु

  • प्रदेश तर्फ
  • संघ तर्फ
  • अन्य
  •   मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   स्वास्थ्य मन्त्रालय,गण्डकी प्रदेश,पोखरा
  •   भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय
  •   आर्थिक मामिला मन्त्रालय, गण्डकी प्रदेश, पोखरा, नेपाल
  •   प्रादेशिक स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेश, पोखरा
  •   गण्डकी प्रदेश नीति तथा याेजना आयाेग
  •   उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग
  •   स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
  •   जिल्ला प्रशासन कार्यालय, तनहुँ
कार्यालय भएकाे स्थान

सम्पर्क ठेगाना

गण्डकी प्रदेश सरकार

प्रदेश आयुर्वेद चिकित्सालय
दमौली, तनहुँ

065-563483

dahctanahun@gmail.com

https://dahctanahun.gandaki.gov.np

Developed By:Virtual Technology Pvt. Ltd.
© Province Ayurveda Hospital 2025