आयुर्वेद स्वास्थ्य संस्था सुदृढीकरण कार्यक्रम अन्तर्गत न्यूनतम सेवा मापदण्डको लेखाजोखा कार्यक्रम सम्पन्न
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, तनहुँको आयोजना तथा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेको प्रमुख आतिथ्यता तथा स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिम बहादुर खड्का, दमौली अस्पतालका प्रमुख डा. परिवर्तन बराल, स्वास्थ्य कार्यालय तनहुँका नि. कार्यालय प्रमुख शंकरबावु अधिकारी र व्यास नगरपालिका वार्ड नं ३ का वडा अध्यक्ष अनुप थापाको विशेष उपस्थितिमा आयुर्वेद स्वास्थ्य संस्था सुदृढीकरण कार्यक्रम अन्तर्गत न्यूनतम सेवा मापदण्डको लेखाजोखा कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, तनहुँको तेश्रो लेखाजोखा कार्यक्रममा मुख्य श्रोत व्यक्तिको रूपमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, काठमाडौंका आयुर्वेद चिकित्सक डा. पुनेश्वर केशरी, गण्डकी आयुर्वेद अस्पताल, कास्कीका प्रमुख डा. शंकर गौतम, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, लमजुङका प्रमुख डा. उत्सव पौडेल, स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशका स्वास्थ्य महाशखा प्रमुख डा. रमेश कुमार के. सी. रहनु भएको थियो। तेश्रो लेखाजोखामा ३८% प्राप्त भएको छ ।
कार्यक्रम कार्यालय प्रमुख डा. नरायण श्रेष्ठको अध्यक्षतामा संचालित प्रस्तुतीकरण कार्यक्रममा MSS टिमको तर्फबाट आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, काठमाडौंका आयुर्वेद चिकित्सक डा. पुनेश्वर केशरीले प्रस्तुतीकरण राख्नु भएको थियो भने आयुर्वेद स्वास्थ्य केन्द्रका समग्र सुधार गर्नुपर्ने पक्ष तथा आगामी कार्य योजनाका बारेमा समेत छलफल भएको थियो ।
