• साईटम्याप
  • लो ब्यान्डविड्थ
  • स्क्रीन रीडर
  • 065-563483
  •   Dark
  • अ‌‌+ अ‌ अ‌-
  •   English

गण्डकी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

प्रदेश आयुर्वेद चिकित्सालय

दमौली, तनहुँ

  • हाम्रो बारेमा
    परिचय दरवन्दी तेरिज केन्द्रका उद्देश्य कर्मचारीहरु नागरिक आरोग्य सेवा केन्द्रहरुको विवरण नागरिक आरोग्य सेवा केन्द्रका कर्मचारी विवरण आयुर्वेद औषधालयहरु आयुर्वेद औषधालयहरुको कर्मचारी विवरण व्यवस्थापन समितिका पदाधिकारीहरु पूर्व-कार्यालय-प्रमुखहरु
  • बार्षिक कायर्क्रम सञ्चालन मापदण्ड
    कार्यक्रमहरु प्रदेश-समानीकरण संघ-सशर्त-अनुदान चालु आ.व. २०८०/०८१ मा स्वीकृत बार्षिक विकास कार्यक्रमहरुको सञ्चालन कार्ययोजना (संघ ) चालु आ.व. २०८०/०८१ मा स्वीकृत बार्षिक विकास कार्यक्रमहरुको सञ्चालन कार्ययोजना (प्रदेश )
  • सूचना तथा समाचार
    वार्षिक प्रतिवेदन फारम ढाँचाहरू
  • नागरिक वडापत्र
  • मौजूदा कानून
    नेपालको संविधान बोलपत्र ऐन नियम / नियमावली नीति निर्देशिका / कार्यविधि मापदण्ड
  • प्रकाशन
    सेवा प्रवाह सम्बन्धि तथ्यांकहरु कार्यक्रम प्रकाशन राष्ट्रिय-योग-अभ्यासक्रम योग तथा जीवनशैली व्यवस्थापन
  • मिडिया
    फोटोहरु भिडियोहरु
  • सूचनाको हक
  • सम्पर्क
  1. गृहपृष्ठ
  2. सूचना तथा समाचार
  3. जिल्ला आयूर्वेद स्वास्थ्य केन्द्र तनहुँद्धारा ट्राफिक प्रहरीलाई नस्य तथा जलनेती योगिक क्रिया सम्बन्धि प्रशक्षिण

जिल्ला आयूर्वेद स्वास्थ्य केन्द्र तनहुँद्धारा ट्राफिक प्रहरीलाई नस्य तथा जलनेती योगिक क्रिया सम्बन्धि प्रशक्षिण



दमौली, ०५ चैत ।
तनहुँमा कार्यरत ट्राफिक प्रहरीको स्वास्थ्य सुरक्षाको लागि जिल्ला आयूर्वेद स्वास्थ्य केन्द्र तनहुँद्धारा नस्य तथा जलनेती सम्बन्धि तालिम प्रदान गरिएको छ ।
जिल्ला आयूर्वेद स्वास्थ्य केन्द्र तनहुँले तालिम प्रदान गरेको हो । सोमबारबाट सुरु भएको दुई दिने तालिमा ३६ जनालाई सहभागी गराइने भएको छ । सोमबार १८ र मंगलबार १८ गरी ३६ जनालाइ सहभागी हुने भएका हुन् ।
तालिमको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले उद्घाटन गरेका थिए । सो अवसरमा गौतमले धुँवा र धुलो हुने सडक अहोरात्र खटिनु पर्दा ट्राफिकको स्वास्थ्यमा असर पर्ने भएकोले यस्ता तालिम सञ्चालन गर्नु राम्रो कार्य भएको बताए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अपिलराज बोहोरा, दमौली अस्पतालका प्रमुख डा. परिवर्तन बराल, जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख सन्तोष पौडेल, लगायतले मन्तव्य राखेका थिए । तालिम जिल्ला आयूर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा.नारायण श्रेष्ठले प्रशिक्षण दिए ।
तालिममा सहभागीलाई नस्य र जलनेती क्रिया अभ्यास गरिएको थियो । नसर्ने रोग र जीवनशैलीबारे जानकारी, योग र ध्यान एवम् ब्यायामको अन्तर र जीवनमा व्ययामको महत्व, नस्य जलनेती कृया प्राणायाम र वायु प्रदुषणजन्य रोगमा आयुर्वेदको भुमिकाका जानकारी गराइएको केन्द्रका शम्भु चापागाईले बताए । कार्यक्रममा सहभागी प्रहरीको स्वास्थ्य परामर्श, रक्तचाप, तौल र रगतमा चिनीको मात्रा जाँच तथा औषधि बितरण गरिएको थियो ।
के हो जलनेती
जलनेती एक प्राचीन र प्राकृतिक योगिक क्रिया हो । जसरी दाँत माझेर दाँतको सरसफाइ गरिन्छ, जलनेतीको अभ्यासले नाकको सरसफाइ हुन्छ ।
नाक सफा गर्ने यस प्रक्रियामा नाकबाट फोहोर हटाउन नाक नुन पानीले धोइन्छ । यसले पिनासबाट छुटकारा पाउन पनि मद्दत गर्नुका साथै नाकमा फोहोर जम्न दिंदैन र जम्मा भएका कीटाणु पनि निकाल्छ । कुनै पनि योगाभ्यास गर्न राम्रोसँग सास लिन सहज बनाउन जलनेतीले मद्दत गर्छ ।
जलनेती विधि
–जलनेती योग गर्न नेती भाँडाको आवश्यकता पर्छ । जलनेती गर्ने भाँडा बजारमा पाइन्छन् । जुन नाकमा ठीकसँग सेट हुनुपर्छ ।
अब नेती भाँडोमा एक लिटर मनतातो पानी लिने र यसमा एक चम्चा नुन हाल्नुपर्छ । जलनेती गर्न दुई खुट्टाको बीचमा अलिकति दूरी राखेर बस्नुपर्छ ।
–टाउको अलि तल झुकाउने र मुखबाट सास फेर्न सुरु गर्ने, ताकि एउटा नाकबाट हालेको पानी अर्को नाकको प्वालबाट आउन सहज होस् ।
–कम्मरबाट अलिकति झुकेर पनि जलनेती योग गर्न सकिन्छ ।
–अब पानीले भरिएको नेती भाँडो लिनुहोस् र यसलाई आफ्नो दाहिने नाकको प्वालमा राखेर र बिस्तारै पानी खन्याउनुपर्छ ।
–अब फेरि देब्रे नाकको प्वालमा नेती भाँडोमा पानी हालेर दाहिने नाकको प्वालबाट पानी बिस्तारै हाल्नुपर्छ ।
जलनेती दिनको कुनै पनि समयमा गर्न सकिन्छ तर बिहानको समयमा गर्नु उपयुक्त हुन्छ । जलनेती साताको एकपटक गर्नु उपयुक्त हुन्छ । यदि कसैलाई रुघाखोकी लागेको छ भने यो दिनमा दुईदेखि तीनपटक गर्दा फाइदाजनक हुन्छ ।
यो अभ्यास पहिलोपटक गर्दा योग प्रशिक्षकको निगरानीमा मात्र गर्नुपर्छ । नाक, कान र घाँटीको शल्यक्रिया गरेका, ढाड दुख्ने समस्या भएका र गर्भवती महिलाले बाहेक सबैले यो अभ्यास गर्न सक्छन् ।
फाइदा
–जलनेती गर्दा नाकभित्रको झिल्लीमा रगतको प्रवाह बढ्छ । यो नाकसम्बन्धी समस्याको लागि एक प्रभावकारी उपचार हो ।
–नुन पानीले नाक पनि सफा हुने हुँदा पिनास, रुघा र चिसो र प्रदूषणबाट बच्न सकिन्छ । यसले नाक वरपर कीटाणु बढ्न दिंदन ।
–अनिद्राबाट पीडित व्यक्तिले नियमित रूपमा यसको अभ्यास गरेमा निन्द्रा लगाउन मद्दत गर्छ ।
–माइग्रेन भएकाहरुले यो अभ्यास गर्दा टाउको दुख्ने समस्या कम हुन्छ ।
–आँखासम्बन्धी समस्या जस्तै आँखा दुख्ने, आँखाको ज्योति गुम्ने उपचार यसमा गरिन्छ ।
–कानको रोग, सुन्ने समस्या र कानबाट पानी बग्ने रोगको उपचारमा यो लाभदायक हुन्छ ।

Download: जिल्ला आयूर्वेद स्वास्थ्य केन्द्र तनहुँद्धारा ट्राफिक प्रहरीलाई नस्य तथा जलनेती योगिक क्रिया सम्बन्धि प्रशक्षिण


Share Tweet Share
9
महत्वपूर्ण लिंकहरु

  • प्रदेश तर्फ
  • संघ तर्फ
  • अन्य
  •   मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   स्वास्थ्य मन्त्रालय,गण्डकी प्रदेश,पोखरा
  •   भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय
  •   आर्थिक मामिला मन्त्रालय, गण्डकी प्रदेश, पोखरा, नेपाल
  •   प्रादेशिक स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेश, पोखरा
  •   गण्डकी प्रदेश नीति तथा याेजना आयाेग
  •   उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग
  •   स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
  •   जिल्ला प्रशासन कार्यालय, तनहुँ
कार्यालय भएकाे स्थान

सम्पर्क ठेगाना

गण्डकी प्रदेश सरकार

प्रदेश आयुर्वेद चिकित्सालय
दमौली, तनहुँ

065-563483

dahctanahun@gmail.com

https://dahctanahun.gandaki.gov.np

Developed By:Virtual Technology Pvt. Ltd.
© Province Ayurveda Hospital 2025