• साईटम्याप
  • लो ब्यान्डविड्थ
  • स्क्रीन रीडर
  • 065-563483, 9856063483
  •   Dark
  • अ‌‌+ अ‌ अ‌-
  •   English

गण्डकी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

प्रदेश आयुर्वेद चिकित्सालय

दमौली, तनहुँ

  • हाम्रो बारेमा
    परिचय दरवन्दी तेरिज केन्द्रका उद्देश्य कर्मचारीहरु नागरिक आरोग्य सेवा केन्द्रहरुको विवरण नागरिक आरोग्य सेवा केन्द्रका कर्मचारी विवरण आयुर्वेद औषधालयहरु आयुर्वेद औषधालयहरुको कर्मचारी विवरण व्यवस्थापन समितिका पदाधिकारीहरु पूर्व-कार्यालय-प्रमुखहरु
  • प्रकाशन
    कार्यक्रमहरु सेवा प्रवाह सम्बन्धि तथ्यांकहरु कार्यक्रम प्रकाशन राष्ट्रिय-योग-अभ्यासक्रम योग तथा जीवनशैली व्यवस्थापन
  • सूचना तथा समाचार
    वार्षिक प्रतिवेदन फारम ढाँचाहरू
  • नागरिक वडापत्र
  • मौजूदा कानून
    नेपालको संविधान बोलपत्र ऐन नियम / नियमावली नीति निर्देशिका / कार्यविधि मापदण्ड
  • कार्यक्रमहरु
    संघ-सशर्त-अनुदान प्रदेश-समानीकरण प्रदेश विशेष अनुदान प्रदेश स्रोत
  • मिडिया
    फोटोहरु भिडियोहरु
  • सूचनाको हक
  • ड्यासवोर्ड
  • सम्पर्क
  1. गृहपृष्ठ
  2. सूचना तथा समाचार
  3. तनहुँमा स्वास्थ्यकर्मीका लागि क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

तनहुँमा स्वास्थ्यकर्मीका लागि क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न



प्रदेश आयुर्वेद चिकित्सालय, दमौली, तनहुँको आयोजनामा नागरिक आरोग्य सेवा केन्द्र तथा आयुर्वेद औषधालयका कर्मचारीहरूका लागि क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ। स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन तथा स्वास्थ्यकर्मीहरूको ज्ञान र सीप अभिवृद्धि गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको थियो।

उक्त कार्यक्रम प्रदेश आयुर्वेद चिकित्सालय, दमौली, तनहुँका आयुर्वेद चिकित्सक डा. नारायण श्रेष्ठको अध्यक्षता एवं सहायक प्रमुख जिल्ला अधिकारी श्री जित बहादुर भण्डारीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रमको उदघाटन गर्नु हुदै प्रमुख अतिथि भण्डारीले "मेरो स्वास्थ्य, मेरो जिम्मेवारी" भन्ने नाराका साथ आयोजित यस कार्यक्रमले स्वास्थ्यकर्मीहरूलाई आधुनिक तथा आयुर्वेदिक स्वास्थ्य सेवाका नवीनतम जानकारी प्रदान गर्ने विश्वास व्यक्त गर्नु भयो ।

कार्यक्रममा स्वस्थ जीवनशैली सम्बन्धी विषयवस्तुमा र आमाशय, ज्वर, गुट विकार, संधिगत वात, मधुमेह, उच्च रक्तचाप, मोटोपन लगायत रोगहरूको निदान र व्यवस्थापन सम्बन्धी विषयमा प्रदेश आयुर्वेद चिकित्सालय, तनहुँका आयुर्वेद चिकित्सक डा. नारायण श्रेष्ठ, संक्रमण रोकथाम र फर्स्ट एड सम्बन्धी प्रशिक्षण प्रदेश अस्पताल, तनहुँका मेडिकल सुपरिटेन्डेन्ट डा. परिवर्तन बराल, चिकित्सकीय योग, पूर्वकर्म र सहायक कर्म सम्बन्धी जानकारी प्रदेश आयुर्वेद चिकित्सालय, तनहुँका आयुर्वेद चिकित्सक डा. किरण चन्द्र पौडेल, AHMIS/EMR प्रणाली सम्बन्धी प्रशिक्षण प्रादेशिक स्वास्थ्य निर्देशनालयका तथ्याङ्क अधिकृत श्री प्रविण भण्डारीले दिनु भएको थियो भने मर्म चिकित्साको प्रयोगात्मक अभ्यास डा. किरण चन्द्र पौडेलले गराउनु भएको थियो। कार्यक्रमको सहजीकरण प्रदेश आयुर्वेद चिकित्सालय,तनहुँका बरिष्ठ कविराज निरिक्षक शम्भु चापागाईले गर्नु भएको थियो ।

यस कार्यक्रमबाट औषधालय र नागरिक आरोग्य सेवा केन्द्रका स्वास्थ्यकर्मीहरूलाई आधुनिक स्वास्थ्य सेवा प्रवाहमा आवश्यक ज्ञान प्रदान गरिएको छ। यस कार्यक्रमबाट नागरिक आरोग्य सेवा केन्द्र तथा आयुर्वेद औषधालयका कर्मचारीहरूलाई अझ प्रभावकारी सेवा प्रदान गर्न सहज हुनेछ ।

    

Download: तनहुँमा स्वास्थ्यकर्मीका लागि क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न


Share Tweet Share
165
महत्वपूर्ण लिंकहरु

  • प्रदेश तर्फ
  • संघ तर्फ
  • अन्य
  •   मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   स्वास्थ्य मन्त्रालय,गण्डकी प्रदेश,पोखरा
  •   भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय
  •   आर्थिक मामिला मन्त्रालय, गण्डकी प्रदेश, पोखरा, नेपाल
  •   गण्डकी प्रदेश नीति तथा याेजना आयाेग
  •   उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग
  •   स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय
  •   जिल्ला प्रशासन कार्यालय, तनहुँ
  •   प्रदेश जनस्वास्थ्य कार्यालय, दमौली, तनहुँ
  •   प्रदेश अस्पताल, दमौली, तनहूँ
कार्यालय भएकाे स्थान

सम्पर्क ठेगाना

गण्डकी प्रदेश सरकार

प्रदेश आयुर्वेद चिकित्सालय
दमौली, तनहुँ

065-563483, 9856063483

dahctanahun@gmail.com

https://dahctanahun.gandaki.gov.np

Developed By:Virtual Technology Pvt. Ltd.
© Province Ayurveda Hospital 2026