• साईटम्याप
  • लो ब्यान्डविड्थ
  • स्क्रीन रीडर
  • 065-563483, 9856063483
  •   Dark
  • अ‌‌+ अ‌ अ‌-
  •   English

गण्डकी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

प्रदेश आयुर्वेद चिकित्सालय

दमौली, तनहुँ

  • हाम्रो बारेमा
    परिचय दरवन्दी तेरिज केन्द्रका उद्देश्य कर्मचारीहरु नागरिक आरोग्य सेवा केन्द्रहरुको विवरण नागरिक आरोग्य सेवा केन्द्रका कर्मचारी विवरण आयुर्वेद औषधालयहरु आयुर्वेद औषधालयहरुको कर्मचारी विवरण व्यवस्थापन समितिका पदाधिकारीहरु पूर्व-कार्यालय-प्रमुखहरु
  • प्रकाशन
    कार्यक्रमहरु सेवा प्रवाह सम्बन्धि तथ्यांकहरु कार्यक्रम प्रकाशन राष्ट्रिय-योग-अभ्यासक्रम योग तथा जीवनशैली व्यवस्थापन
  • सूचना तथा समाचार
    वार्षिक प्रतिवेदन फारम ढाँचाहरू
  • नागरिक वडापत्र
  • मौजूदा कानून
    नेपालको संविधान बोलपत्र ऐन नियम / नियमावली नीति निर्देशिका / कार्यविधि मापदण्ड
  • कार्यक्रमहरु
    संघ-सशर्त-अनुदान प्रदेश-समानीकरण प्रदेश विशेष अनुदान प्रदेश स्रोत
  • मिडिया
    फोटोहरु भिडियोहरु
  • सूचनाको हक
  • ड्यासवोर्ड
  • सम्पर्क
  1. गृहपृष्ठ
  2. सूचना तथा समाचार
  3. गुदारोग (Ano-Rectal) सम्बन्धी विशेष आयुर्वेद शिविर सम्पन्न

गुदारोग (Ano-Rectal) सम्बन्धी विशेष आयुर्वेद शिविर सम्पन्न



गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गतको प्रदेश आयुर्वेद चिकित्सालय, दमौली, तनहुँको आयोजना तथा भिमाद आयुर्वेद औषधालयको समन्वयमा भिमादमा दुई दिवसीय गुदारोग (Ano-Rectal) सम्बन्धी विशेष आयुर्वेद स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ।

भिमाद आयुर्वेद औषधालय, भिमाद, तनहुँको प्राङ्गणमा यही जेठ २३ र २४ गते (शनिबार र आइतबार) सञ्चालन भएको शिविरमा गुदारोग अन्तर्गत पर्ने पाइल्स, फिस्टुला र फिसर लगायतका समस्याबाट पीडित बिरामीहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श तथा औषधि वितरण गरिएको थियो। उक्त शिविरमा नरदेवी आयुर्वेद अस्पताल, काठमाडौँमा कार्यरत अनुभवी शल्य चिकित्सक डा. रमेश पौडेल तथा प्रदेश आयुर्वेद चिकित्सालयका आयुर्वेद चिकित्सकहरूको प्राविधिक टोलीले प्रत्यक्ष सेवा प्रदान गरेको थियो।

शिविरबाट कुल ५० जना बिरामीहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। सेवा लिनेहरूमा २५ जना महिला, २२ जना पुरुष, २ जना बालिका र १ जना बालक रहेका छन्। शिविरमा आएका बिरामीहरूमध्ये स्वास्थ्य अवस्था हेरी थप उपचारको आवश्यकता भएका १५ जना बिरामीको आयुर्वेदिक 'क्षारसूत्र विधि' बाट सफल शल्यक्रिया समेत गरिएको थियो।

चिकित्सकहरूका अनुसार गुदारोग सम्बन्धी समस्याहरू समाजमा धेरै भए पनि लोकलाजका कारण मानिसहरू समयमै अस्पताल आउन हिचकिचाउने गरेका छन्। यस प्रकारका विशेषज्ञ शिविरले रोगको समयमै पहिचान, शल्यक्रियाविना वा सुरक्षित आयुर्वेदिक पद्धतिबाट प्रभावकारी उपचार तथा जनचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ। साथै, पछिल्लो समय गोपनीयतापूर्ण सेवा र उचित परामर्शका कारण आयुर्वेदिक उपचार पद्धतिप्रति नागरिकको विश्वास र पहुँच विस्तार गर्न समेत यस्ता कार्यक्रम प्रभावकारी देखिएका छन्।

प्रदेश आयुर्वेद चिकित्सालय, दमौलीले आगामी दिनहरूमा पनि सर्वसाधारणको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै गुणस्तरीय र सुरक्षित आयुर्वेद स्वास्थ्य सेवा प्रवाहका लागि विभिन्न स्थानहरूमा यस्ता विशेषज्ञ स्वास्थ्य शिविरहरू सञ्चालन गरिने छ।


Share Tweet Share
96
महत्वपूर्ण लिंकहरु

  • प्रदेश तर्फ
  • संघ तर्फ
  • अन्य
  •   मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   स्वास्थ्य मन्त्रालय,गण्डकी प्रदेश,पोखरा
  •   भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय
  •   आर्थिक मामिला मन्त्रालय, गण्डकी प्रदेश, पोखरा, नेपाल
  •   गण्डकी प्रदेश नीति तथा याेजना आयाेग
  •   उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग
  •   स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय
  •   जिल्ला प्रशासन कार्यालय, तनहुँ
  •   प्रदेश जनस्वास्थ्य कार्यालय, दमौली, तनहुँ
  •   प्रदेश अस्पताल, दमौली, तनहूँ
कार्यालय भएकाे स्थान

सम्पर्क ठेगाना

गण्डकी प्रदेश सरकार

प्रदेश आयुर्वेद चिकित्सालय
दमौली, तनहुँ

065-563483, 9856063483

dahctanahun@gmail.com

https://dahctanahun.gandaki.gov.np

Developed By:Virtual Technology Pvt. Ltd.
© Province Ayurveda Hospital 2026